आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

जापानिज इन्सेफ्लाइटिस: चितवनमा मृत्यु हुनेको संख्या ६ पुग्यो

जापानिज इन्सेफ्लाइटिस: चितवनमा मृत्यु हुनेको संख्या ६ पुग्यो

नागरिक पाटी

२२, आश्विन २०८२
  • 2.9K
    SHARES
  • जापानिज इन्सेफ्लाइटिस: चितवनमा मृत्यु हुनेको संख्या ६ पुग्यो

    चितवनमा जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । जिल्लामा हालसम्म १७ जनामा यो रोगको संक्रमण देखा परेको हो । त्यसमध्ये १० महिला हुन भने सात पुरुष छन् । उनीहरूमध्ये तीन जना १५ वर्षमुनिका, पाँच जना १५ देखि ६० वर्षभित्रका र नौ जना ६० वर्षमाथिका छन् ।

    images

    जनस्वास्थ्य कार्यालयका अनुसार, मृत्यु हुनेमा दुई जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना राप्ती नगरपालिका र एक कालिका नगरपालिकाका छन् । पछिल्लोपटक खैरहनी वडा नम्बर ४ की महिलाको यस रोगका कारण मृत्यु भएको कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिए ।

    संक्रमितमध्ये १५ जनाले खोप नलगाएको र दुई जनाले खोप लगाएको अवस्था अस्पष्ट रहेको केसीले जानकारी दिए । संक्रमितमध्ये सात जना भरतपुरभित्रका छन् । मृत्यु भएकामध्ये एक ८९ वर्षका, अर्का एक जना ८१ वर्षका र दुई जना ७० वर्षका रहेका छन् । एक जना ३९ वर्षीय र अर्का एक जना ४२ वर्षका रहेको उनले जानकारी दिए ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन २२, २०८२ बुधवार - १४:०६:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology