आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आईसीसी टी–२० विश्वकप छनोटमा नेपालको शानदार जीत

आईसीसी टी–२० विश्वकप छनोटमा नेपालको शानदार जीत

नागरिक पाटी

२३, आश्विन २०८२
  • 2.8K
    SHARES
  • आईसीसी टी–२० विश्वकप छनोटमा नेपालको शानदार जीत

    आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटको आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई हराएको छ । नेपालले कुवेतलाई ५८ रनले हराएको हो । नेपालले दिएको एक सय ४२ रनको लक्ष्य पछ्याएको कुवेत १८ ओभर एक बलमा ८३ रनमा अलआउट भयो । कुवेतका क्लिन्टो एन्टोले २६ र यासिन इशाक पटेलले १९ रन बनाए । नेपालका कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने र ललित राजवंशीले समान दुई तथा सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले समान एक विकेट लिए ।

    images

    त्यसअघि ओमानमा टस हारेर ब्याटिङ गरेको नेपालले सात विकेट गुमाएर एक सय ४१ रन बनाएको थियो । नेपालका कुशल भुर्तेलले ६६ तथा दीपेन्द्रसिंह ऐरी र गुल्शन झाले समान २० रन बनाए । कुवेतका नवीनराज राजेन्द्रन र अनुदीप चेन्थमाराले समान दुई तथा मोहम्मद अकिफ फारुक र मोहम्मद असलमले समान एक विकेट लिए ।

    यो जीतसँगै समूह ‘बी’मा रहेको नेपालले महत्त्वपूर्ण दुई अङ्क जोडेको छ । अब नेपालले भोलि जापानसँग खेल्नेछ । समूहको शीर्ष दुईमा रहने टोली सुपर–सिक्समा पुग्नेछ । सुपर–सिक्समा छ टोलीमध्ये शीर्ष तीनमा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन २३, २०८२ बिहिवार - ०७:१४:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology