केही दिन अघिको परेको अविरल वर्षाले डेङ्गी सार्ने लामखुट्टेका लार्भा बगाएकाले डेङ्गीको सङ्क्रमण कम हुने भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले दसैँपछि परेको अविरल वर्षाले डेङ्गी सार्ने लामखुट्टेका लार्भा नष्ट गरेकाले अब सङ्क्रमण कम हुने बताए ।
पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ ।
कीटजन्य रोग शाखाका प्रमुख डा दाहालले सङ्क्रमणको जोखिम कात्तिकसम्म नै रहेकाले सतर्कता अपनाउन आग्रहसमेत गरे । उनका अनुसार अहिलेसम्म पाँच हजार ५४२ जनामा सङ्क्रमण देखिएकामा दसैँको बीचमा १९० जनामा सङ्क्रमण देखिएको छ ।