आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पोखरास्थित लेकसाइड सडक महोत्सव, पुस १३ गतेदेखि पाँच दिनसम्म चल्ने

पोखरास्थित लेकसाइड सडक महोत्सव, पुस १३ गतेदेखि पाँच दिनसम्म चल्ने

नागरिक पाटी

२३, आश्विन २०८२
  • 1.6K
    SHARES
  • पोखरास्थित लेकसाइड सडक महोत्सव, पुस १३ गतेदेखि पाँच दिनसम्म चल्ने

    ‘सडकमै खाउँ, सडकमै नाचौँ, सडकमै रमाऊँ’ भन्ने नाराका साथै विगत २६ वर्षदेखि निरन्तर रहेको पोखरास्थित लेकसाइड सडक महोत्सवले यसवर्ष पनि निरन्तरता पाउने भएको छ । आगामी पुस १३ गतेदेखि पाँच दिनसम्म चल्ने सडक महोत्सव २७औँ हुनेछ ।

    images

    उक्त महोत्सवलाई सफल पार्नका लागि रेवानका प्रथम उपाध्यक्ष वसन्त गौतमलाई संयोजक बनाइएको छ । कार्यसमिति सदस्य सुनीलबहादुर भट्टराई र सुमन भट्टराईलाई सहसंयोजकको जिम्मेवारी दिने निर्णय गरेको छ । पोखरा सडक महोत्सव संचालन गर्नका लागि गठित ‘स्टेरिङ कमिटी’मा अध्यक्ष विश्वराज पौडेल, निवर्तमान अध्यक्ष नरेश भट्टराई, संयोजक वसन्त गौतम, द्धितीय उपाध्यक्ष विकास भट्टराई, महासचिव वीरेन्द्र शेरचन र कोषाध्यक्ष रोशनजंग कार्कीसहित ६ जनालाई राखिएको छ ।

    पोखरामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि विगत २६ वर्षदेखि महोत्सव गर्दै आएको रेवानले जनाएको छ । सडक महोत्सवले पोखराको पर्यटन प्रबर्धनमा सहयोग पु¥याएको रेवानका महासचिव शेरचनले जानकारी दिए । महोत्सवले लोपोन्मुख सामग्री र संस्कृतिको संरक्षणमा समेत सहयोग पुग्दै गएको बताइएको छ । सडक महोत्सव पोखराको लेकसाइडको फिस्टेल गेटदेखि खहरेसम्मको करिब तीन किलोमिटर सडक क्षेत्रमा हुँदै आएको छ ।

     

     

    images
    images
    images
    प्रकाशित मिति :आश्विन २३, २०८२ बिहिवार - १५:५६:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology