नेपाल स्टक एक्सचेन्जमा परिसूचक आज पनि घटेको छ । बुधबार बजार बन्द हुँदा नेप्से सूचकाङ्क २२.५८ अङ्कले घटेर २५०५.५८ मा पुगेको छ ।
आज कुल ३ अर्ब १० करोड ८३ लाख ९४ हजार ५ सय ४६ रुपैयाँ बराबरको ७६ लाख ११ हजार ६ सय ६० कित्ता सेयर किनबेच भएको छ।
कुल ३१८ वटा कम्पनीका सेयर कारोबार भएका थिए, जसमा ४० कम्पनीको सेयर मूल्य बढेको छ भने २०६ कम्पनीको सेयर मूल्य घटेको छ र ५ कम्पनीको मूल्य स्थिर रहेको छ। कुल कारोबार सङ्ख्या ३५ हजार ७५० रहेको छ।