आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपालले दियो सामोआलाई २ सय १२ रनको विशाल लक्ष्य

नेपालले दियो सामोआलाई २ सय १२ रनको विशाल लक्ष्य

नागरिक पाटी

३१, आश्विन २०८२
  • 3.6K
    SHARES
  • नेपालले दियो सामोआलाई २ सय १२ रनको विशाल लक्ष्य

    आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको अन्तिम खेलमा नेपालले सामोआलाई २ सय १२ रनको लक्ष्य दिएको छ ।

    images

    ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २ सय ११ रन बनायो । नेपालका आसिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । आसिफ ६९ र दीपेन्द्र ५३ रन बनाएर आउट भए । यस्तै लोकेश बमले ३९, कप्तान रोहित पौडेलले २१ रन बनाए ।

    प्रतियोगितामा नेपाल अपराजित छ । नेपालले आज सामोआलाई हराएमा उपाधि जित्नेछ । नेपाल ४ खेलमा ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । सामोआ ४ खेलमा अङ्कविहीन हुँदै पुछारमा छ । यस्तै आज भएको खेलमा जापानलाई हराउँदै ओमान ५ खेलमा ८ अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ ।

    नेपाल, ओमानसहित ५ खेलमा ६ अङ्क जोडेको यूएई सुपर–सिक्समा पुगेका छन् । कतार, जापान र सामोआ अगाडि बढ्न सकेनन् । योसँगै अर्को वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्ने सबै २० वटा टोलीको टुङ्गो लागेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन ३१, २०८२ शुक्रवार - १८:०१:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology