आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

तिहारमा मौसम सामान्यतया सफा रहने

तिहारमा मौसम सामान्यतया सफा रहने

नागरिक पाटी

२, कार्तिक २०८२
  • 3.2K
    SHARES
  • तिहारमा मौसम सामान्यतया सफा रहने

    तिहारमा मौसम सामान्यतया सफा रहने भएको छ । तिहारका बेला देशका पहाडी भागका एकरदुई ठाँउमा छिटपुट पानी पर्न सक्ने र उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    images

    पश्चिमी वायुको प्रभावका कारण देशका केही पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले भोलि लक्ष्मीपूजाका दिन देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ।

    कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक/दुई ठाँउमा फाटफुट वर्षाको सम्भावना रहेको छ । यसैगरी भाइटिकासम्म नै सबै प्रदेशका पहाडी भ–ूभागका एकरदुई ठाँउमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई ठाँउमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २, २०८२ आइतवार - ०८:०६:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology