आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

वडा नम्बर ४ ले जित्यो गल्छीमा सञ्चालित पुरुष भलिबल प्रतियोगिताको उपाधी

वडा नम्बर ४ ले जित्यो गल्छीमा सञ्चालित पुरुष भलिबल प्रतियोगिताको उपाधी

नागरिक पाटी

४, कार्तिक २०८२
  • 4.1K
    SHARES
  • वडा नम्बर ४ ले जित्यो गल्छीमा सञ्चालित पुरुष भलिबल प्रतियोगिताको उपाधी

    गल्छी गाउँपालिकामा सञ्चालित अन्तर वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सभ्य, भव्य र व्यवस्थित रुपमा सम्पन्न भएको छ। 

    images

    गाउँपालिकाका ८ वडाबाट १३ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा वडा नं ४ ले उत्कृष्ट प्रदर्शन गर्दै लगातार दोस्रो पटक चयाम्पियन्स भएको छ। त्यस्तै, वडा नं. ६ ले दोस्रो स्थान, र वडा नं. ५ ले तेस्रो स्थान प्राप्त गरेका छन्।

    trafi.jpg

    विजेता टिमहरुलाई क्रमशः नगद ३०,०००, २५,००० र २०,००० सहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो। प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र प्रशिक्षकहरूलाई पनि विशेष सम्मान गरिएको थियो।

    Best Spiker: पूजन बि.क. (वडा नं. ४ ‘बी’)

    Best Defender: अमर तामाङ (वडा नं. ५)

    Best Server: राजेश विशुन्के (वडा नं. ४ ‘ए’)

    Best Blocker: सुदिप भण्डारी (वडा नं. ६)

    Best Setter: रबिन भुजेल (वडा नं. ४ ‘बी’)

    The Rising Player: सागर श्रेष्ठ (वडा नं. ४ ‘बी’)

    Best Player: आविष्कार सिंग्दन (वडा नं. ४ ‘बी’)

    Best Coach: रामशरण बि.क. (वडा नं. ४ ‘बी’)

    कार्यक्रमको अन्तिम दिन “शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम” समेत आयोजना गरिएको थियो। उक्त अवसरमा बालबालिकाले प्रस्तुत गरेका आकर्षक सांस्कृतिक प्रस्तुति र नृत्यले कार्यक्रममा थप उत्साह र मनोरञ्जन प्रदान गरेको थियो। बालबालिकाको अन्तर्निहित प्रतिभाको प्रदर्शनका लागि सहयोग पुर्‍याउने बाल समूह सञ्जाल प्रति शिक्षा, युवा तथा खेलकुद शाखा, गल्छीले विशेष कृतज्ञता व्यक्त गरेको थियो।

    प्रतियोगिता सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्वयंसेवक, व्यवस्थापक, निर्णायक, जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, गाउँपालिका तथा वडास्तरीय कर्मचारी, सामुदायिक सिकाइ केन्द्रका परिचालक, वडा बाल सञ्जाल, पालिका बाल समूह सञ्जाल, युवा क्लब तथा समाज, पत्रकार, सुरक्षाकर्मी लगायत सम्पूर्ण गल्छीवासीप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि साथ र समर्थनको अपेक्षा समेत गरेका छन्।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ४, २०८२ मंगलवार - ०७:५८:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology