इरानले भारत र नेपाल सम्मिलित त्रिदेशीय मैत्रीपूर्ण फुटबलमा विजयी सुरुआत गरेको छ । इरानले मंगलबार त्रिदेशीय मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा भारतविरुद्ध २–० को जित निकालेको हो । भारतको सिलोङस्थित जवाहहारलाल नेहेरु रंगशालामा भएको उक्त खेलमा पाहुना टोली इरानलाई जित दिलाउन टोलीकी सारा डिडारले दुई गोल गरिन् ।
डिडारले दुवै खेल दोस्रो हाफमा गरेकी थिइन् । अब दोस्रो खेलमा इरानले नेपालको सामना गर्नेछ । खेल भारतको सोही रंगशालामा आगामी अक्टोबर २४ मा हुनेछ ।
मैत्रीपूर्ण फुटबलको निम्ति अखिल नेपाल फुटबल संघ ९एन्फा०ले मुख्य प्रशिक्षक नवीन न्यौपानेको नेतृत्वमा रहेको २३ सदस्यीय नेपाली टोलीलाई मँगलबार बिदाइ गरेको थियो ।