आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

तत्काल यात्रा नगर्न आन्तरिक तथा बाह्य पर्यटकलाई टानको आग्रह

तत्काल यात्रा नगर्न आन्तरिक तथा बाह्य पर्यटकलाई टानको आग्रह

नागरिक पाटी

१२, कार्तिक २०८२
  • 3.1K
    SHARES
  • तत्काल यात्रा नगर्न आन्तरिक तथा बाह्य पर्यटकलाई टानको आग्रह

    पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले हिमाली क्षेत्रमा वर्षासँगै हिमपात शुरू भएकाले यात्रा नगर्न आन्तरिक तथा बाह्य पर्यटकलाई आग्रह गरेको छ ।

    images

    कर्णाली, लुम्बिनी र गण्डकीलगायतका प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएकोले हिमाली क्षेत्रको यात्रामा ध्यान दिन टानका अध्यक्ष सागर पाण्डेले आग्रह गर्नुभएको हो । मौसम पूर्वानुमान अनुसार नै अहिले डोल्पा, धौलागिरि, मुस्ताङ, मनाङ, मनास्लु, लाङटाङ, सगरमाथालगायतका पर्यटकीय गन्तव्यमा वर्षासँगै हिमपात समेत शुरू भई पदयात्रालगायतका सम्पूर्ण पर्यटकीय गतिविधि प्रभावित भइरहेको टानले जनाएको छ ।

    अध्यक्ष पाण्डेले कतिपय ठाउँमा स्थानीय प्रशासनले पदयात्रा गर्न रोकसमेत लगाइसकेको भन्दै मौसममा सुधार नआउञ्जेलसम्म उच्च हिमाली क्षेत्र तथा उच्च पास भएर जाने सम्पूर्ण पदमार्गमा हुने पदयात्राहरू नगर्नरनगराउन, पदयात्री, आरोहण दलका सदस्य तथा सहयोगी टोलीलाई आग्रह गनुभएको हो ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १२, २०८२ बुधवार - ०८:०४:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology