शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रेको कालिका र महाङकालेश्वरी माध्यमिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुभारम्भ

थाक्रेको कालिका र महाङकालेश्वरी माध्यमिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुभारम्भ

शिवराज आचार्य

१३, कार्तिक २०८२
  • 11.6K
    SHARES
  • थाक्रेको कालिका र महाङकालेश्वरी माध्यमिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुभारम्भ

    धादिङ्ग । धादिङ्गको थाक्रेमा रहेको कालिका र महाङकालेश्वरी माध्यमिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुभारम्भ भएको छ।

    images
    images

    प्रेमसागर फाउण्डेसन नेपाल (जन भोजन) कार्यक्रम धादिङ्गले आज (विहिबार) एक कार्यक्रमका विच थाक्रे गाउँपालिका वडा नम्बरं ७ को हाप्सेचौर रहेको कालिका माध्यमिक विद्यालयका २५३ जना र वडा नम्बर ८ मा रहेको महाङकालेश्वरी माध्यमिक विद्यालयका ३६५ जना विद्यार्थीहरुको लागि दिवा खाजा कार्यक्रम शुभारम्भ गरेको छ ।

    उक्त दिवा खाजा कार्यक्रमको थाक्रे गाउँपालिकाका अध्यक्ष राम कुमार आचार्यले शुभारम्भ गर्नु भएको हो । दिवा खाजा कार्यक्रम धादिङ्ग र मकवानपुरका विभिन्न विद्यालयमा सञ्चालन हुँर्दै आएको छ । धादिङ्ग जिल्लाको थाक्रे गाउँपालिका वडा नंम्बर ४ र ५ तथा मकवानपुरको थाहा नगरपालिका वडा नम्बरं ११ र १२ का सम्पूर्ण विद्यालयमा विगत केही वर्ष अगाडीबाट करिब २ हजार ५ सय जना भन्दाबढि विद्यार्थीहरुलाई निशुल्क दिवा खाजा वितरण गर्दै आएको जनभोजका कार्यक्रमका व्यवस्थापक भोला राउतले बताउनु भयो।

    कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राम कुमार आचार्यले दिवा खाजाले विद्यार्थीहरुको पढाईमा सुधार, विद्यालय छाड्ने दरमा कमी र पोषण अवस्था सुधार हुने बताएका छन् । उहाँले पे्रम सागर फाउण्डेसन नेपाललाई वार्षिक रुपमा पालिकाले निरन्तर आर्थिक सहयोग गर्दै आएको बताउनु भयो।

    उक्त कार्यक्रममा प्रेमसागर फाउण्डेसनका व्यवस्थापक राउतले दिवा खाजाको महत्व र खाजा मार्फत कलिला भाई वहिनीहरुलाई सेवागर्ने अवसर मिलेकोमा खुसि व्यक्त गर्नु भयो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथि थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य,वडा नम्बर ७ का वडा अध्यक्ष युवराज खतिवडा, वडा नम्बर ८ का वडा अध्यक्ष प्रेम कुमार थापा(रामेश्वर), थाक्रे गाउँपालिकाकी पूर्व उपाध्यक्ष अम्बिका रुपाखेती, छिमेकी विद्यालयका प्रधानध्यापकहरु विरमान स्याङतान,विष्णु गौत्तम,समाजसेवी लगायत सम्पुर्ण अभिभावक विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १३, २०८२ बिहिवार - २०:५७:१३ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology