आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपाल अमेरिकासँग ४ विकेटले पराजित

नेपाल अमेरिकासँग ४ विकेटले पराजित

नागरिक पाटी

१६, कार्तिक २०८२
  • 3.1K
    SHARES
  • नेपाल अमेरिकासँग ४ विकेटले पराजित

    आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृङ्खलामा नेपाल लगातार तेश्रो खेलमा पराजित भएको छ । हिजो भएको खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भएको हो । नेपालले दिएको दुई सय ७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमा छ विकेट गुमाएर भेटायो ।

    images

    अमेरिकाका साइतेजा मुक्कामलाले ७५, मिलिन्द कुमारले ७० र शायन जहाँगीरले ३६ रन बनाए । नेपालका सन्दीप लामिछानेले तीन, नन्दन यादव, करन केसी र गुल्शन झाले समान एक विकेट लिए ।

    त्यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर दुई सय ७१ रन बनायो । नेपालका दीपेन्द्रसिंह ऐरीले ७५ रन बनाए । यस्तै करन केसीले ४९, कुशल भुर्तेलले ४७, भिम सार्कीले ४३ र कप्तान रोहितकुमार पौडेलले ३६ रन बनाए । अमेरिकाका हरमित सिंहले तीन, नोस्टुस केन्जिगे र सौरभ नेत्रवलकरले समान दुई, जसदीप सिंह र शुभम रञ्जनेले समान एक विकेट लिए ।

    यो हारसँगै लिग–२ मा नेपाल १९ खेलमा १२ अङ्कसहित पुछारबाट दोश्रो स्थानमा यथावत् छ । २३ खेलमा अमेरिका ३४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा यथावत् छ । यो शृङ्खलाको पहिलो खेलमा गएको आइतवार नेपाल अमेरिकासँग एक सय छ रनको फराकिलो अन्तरले पराजित भएको थियो । नेपालले यूएईमा भइरहेको श्रृंखलाको अन्तिम खेल आउँदो बुधवार घरेलु टोलीसँग खेल्नेछ ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १६, २०८२ आइतवार - ०७:०४:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology