शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको थाक्रेमा मोटरसाईकल दुर्घटना  हुँदा अर्यालको निधन 

धादिङको थाक्रेमा मोटरसाईकल दुर्घटना  हुँदा अर्यालको निधन 

शिवराज आचार्य

१७, कार्तिक २०८२
  • 5.0K
    SHARES
  • धादिङको थाक्रेमा मोटरसाईकल दुर्घटना  हुँदा अर्यालको निधन 

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-७ सातकिलामा सोमबार साँझ दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

    images
    images

    धार्केबाट महादेवबेशी तर्फ जाँदै गरेको बा ७० प १६५१ नम्बरको मोटरसाइकल र गजुरीबाट काठमाडौँतर्फ गइरहेको बा ९७ प २८५२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

    दुर्घटनापछि नौबिसेबाट गल्छी तर्फ आउँदै गरेको ना ६ ख ३०१३ नम्बरको ट्रकको अगाडिको दाहिने टायरमुनि परेर मोटरसाइकल चालक थाक्रे गाउँपालिका-४ तसर्पू हाल थाक्रे-६  निवासी ६० वर्षीय उत्तम अर्यालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

    प्रहरी उपरीक्षक भेषराज रिजालका अनुसार मोटरसाइकल ठोक्किएपछि लडेर ग्यास सिलिण्डर बोक्ने ट्रकको चपेटामा परेपछि अर्यालको मृत्यु भएको हो ।

    सो दुर्घटनामा गजुरी गाउँपालिका–१ निवासी ३० वर्षीय राजन श्रेष्ठ घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।

    दुर्घटनापछि फरार रहेका ट्रक चालक बेनीघाटरोराङ गाउँपालिका–५ निवासी ३५ वर्षीय धनबहादुर परियार लाई प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

    अर्याल तत्कालिन भूमेस्थान, थांक्रे र तसर्पु गाविसको प्रतिनिधित्व गर्दै २०४९ सालमा जिल्ला विकास समिति धादिङको सदस्य हुन।

    नेकपा एमाले धादिङका जिल्ला सल्लाहकार सदस्य अर्याल खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ धादिङका अध्यक्ष समेत हुन् । अर्यालको निधनले धादिङको राजनैतिक तथा सामाजिक क्षेत्रमा अपूरणिय क्षती पुगेको बताईएको छ । 

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १७, २०८२ सोमवार - २२:२३:२० बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology