आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

१ लाख ३६ हजार नयाँ मतदाता थपिए

१ लाख ३६ हजार नयाँ मतदाता थपिए

नागरिक पाटी

२१, कार्तिक २०८२
  • 3.6K
    SHARES
  • १ लाख ३६ हजार नयाँ मतदाता थपिए

    १ लाख ३६ हजार ६० जना नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । गत असोज १० गतेदेखि आयोगले कात्तिक ३० सम्म नयाँ मतदातालाई मतदाता सूचीमा नाम दर्ता गर्न सार्वजनिक सूचना जारी गर्दै समय तोकेको छ ।

    images

    जसअनुसार असोज १० पछि बिहीबार बेलुकासम्म १ लाख ३६ हजार ६० जना मतदाता थपिएको आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार बिहीबार एकै दिन ११ हजार एक सय ९७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

    तीमध्ये ६ हजार चार ६१ पुरुष र ४ हजार सात सय ४३ जना महिला छन् । "अन्य" दुई जनाले पनि नामावलीमा नाम दर्ता गराएका छन् । यो सँगै नयाँ नाम दर्ता गर्ने पुरुषको जम्मा संख्या ८१ हजार ८ सय ६४ पुगेको छ भने ५४ हजार एक सय ७८ पुगेको छ । "अन्य" १८ जना पुगेको आयोगले जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २१, २०८२ शुक्रवार - १२:०४:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology