आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

हाइवे बचत तथा ऋण सहकारी संस्थाको रक्तदान कार्यक्रममा १०० युनिट रगत संकलन

हाइवे बचत तथा ऋण सहकारी संस्थाको रक्तदान कार्यक्रममा १०० युनिट रगत संकलन

शिवराज आचार्य

२१, कार्तिक २०८२
  • 5.6K
    SHARES
  • हाइवे बचत तथा ऋण सहकारी संस्थाको रक्तदान कार्यक्रममा १०० युनिट रगत संकलन

    धादिङ। धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीमा रहेको हाइवे बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा आज शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

    images

    हाइवे बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २०औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ७६ जना पुरुष र २४ जना महिला गरी १०० जनाले रक्तदान गरेको हाइवे बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक ऋिसिराम नेपालले बताए।

    रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्रको धादिङको प्राविधिक सहयोग रहेको थियो। धादिङमा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ । जिल्लामा रगतको अभावलाई न्युनीकरण गने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको सहकारी संस्थाका अध्यक्ष शिव बहादुर भण्डारीले बताए ।

    577863572_1682400983161625_6573548665572922876_n.jpg

    वि.स २०६३ साल कात्तिक २१ गते ४७ जनाले ४ लाख ७० हजार रुपैयाँ जम्मा गरेर कारोबार सुरु गरेको संस्थामा अहिले ४८ सय ५७ जना शेयर सदस्य रहेका छन् भने ३८ करोड भन्दामाथिको कारोबार रहेको छ।

    कार्यक्रममा धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य,गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, वडा अध्यक्षहरु,धादिङ रेडक्रसका सभापति दुर्लब कुमार तामाङ,संस्थाका अध्यक्ष शिव बहादुर भण्डारी,सदस्यहरु,कर्मचारी स्थानिय नागरिक लगायतकोे सहभागीता रहेको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २१, २०८२ शुक्रवार - १७:४४:१५ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology