आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आज फाल्गुनन्दको १४१औँ जन्मजयन्ती मनाईंदै

आज फाल्गुनन्दको १४१औँ जन्मजयन्ती मनाईंदै

नागरिक पाटी

२५, कार्तिक २०८२
  • 3.2K
    SHARES
  • आज फाल्गुनन्दको १४१औँ जन्मजयन्ती मनाईंदै

    आज किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती मनाईंदैछ । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एव्म समाज सुधारमा उहाँको महत्त्वपूर्ण योगदान रहेको छ । किराँत समाज सुधारमा उहाँले पुर्‍याउनुभएको योगदानको कदर गर्दै सरकारले २०६६ साल मङ्सिर १६ गते उहाँलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

    images

    पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत किरात समुदायको बसोबास भएका जिल्लामा फाल्गुनन्द जयन्ती विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । काठमाण्डौमा पनि विभिन्न कार्यक्रम गरी किरात समुदायले महागुरु फाल्गुनन्द जयन्ती मनाउने गरेको किराँत ज्योतिष सङ्घले जनाएको छ ।

    १९४२ साल कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको २००५ सालमा निधन भएको थियो । फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा आज कोशी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २५, २०८२ मंगलवार - ०९:४६:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology