आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

"घुमौँ रुविभ्याली" म्युजिक भिडियो सार्वजनिक

"घुमौँ रुविभ्याली" म्युजिक भिडियो सार्वजनिक

नागरिक पाटी

२५, कार्तिक २०८२
  • 5.2K
    SHARES
  • "घुमौँ रुविभ्याली" म्युजिक भिडियो सार्वजनिक

    रुविभ्याली ट्रेकिङ रुटको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको म्युजिक भिडियो घुमौँ रुविभ्याली सार्वजनिक गरिएको छ । हिमालयन सोसियल जर्नीका अध्यक्ष एवं सफल पर्यटन व्यवसायी रामप्रसाद सापकोटाको रचना, परिकल्पना र निर्माणमा बनेको म्युजिक भिडियोले रुविभ्यालीको सुन्दर दृश्यलाई कथानक शैलीमा प्रस्तुत गरेको छ । पर्वतीय क्षेत्रका मानिसलाई सहयोग गर्ने उद्देश्यले स्थापित हिमालयन कम्युनिटी प्रोजेक्ट (ट्रस्ट) ले यो गीत निर्माण गरेको हो ।

    images

    ट्रस्टको औपचारिक घोषणासँगै पहिलो प्रोजेक्टको रूपमा रुविभ्यालीको कला, संस्कृति र पर्यटकीय सुन्दर थलोलाई प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ घुमौँ रुविभ्याली म्युजिक भिडियो निर्माण गरिएको ट्रस्टका अध्यक्ष समेत रहेका सापकोटाले जानकारी दिए ।

    म्युजिक भिडियोको सार्वजनिक गर्दै साहित्यकार नवराज लम्सालले यो गीतले सिङ्गो रुविभ्यालीको चित्रण गरेको बताए । आफू धादिङवासी भए पनि यो गीत हेर्दा रुविभ्याली क्षेत्रको बारेमा अझै धेरै जानकारी प्राप्त भएको उनले बताए । वास्तविक धादिङ त छायामा परेको रहेछ भन्दै उनले धादिङको बहुआयामिक विशेषतालाई प्रचार–प्रसार गर्न सबैलाई आग्रह गरे ।

    विवेक सापकोटाले निर्देशन गरेको म्युजिक भिडियोलाई अल थ्री मिडिया घरले उत्पादन गरेको हो । सुधीर श्रेष्ठ र सगुन थापाले अभिनय गरेका यो म्युजिक भिडियो ओएसआर डिजिटल युट्युब च्यालन मार्फत सार्वजनिक गरिएको हो ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २५, २०८२ मंगलवार - १६:०९:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology