शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङ उद्योग वाणिज्य संघले मनायो ३२ औँ साधारण सभा तथा स्थापना दिवस

धादिङ उद्योग वाणिज्य संघले मनायो ३२ औँ साधारण सभा तथा स्थापना दिवस

शिवराज आचार्य

२७, कार्तिक २०८२
  • 4.9K
    SHARES
  • धादिङ उद्योग वाणिज्य संघले मनायो ३२ औँ साधारण सभा तथा स्थापना दिवस

    धादिङ उद्योग वाणिज्य संघ ले ३२ औँ साधारण सभा तथा ३४ औँ स्थापना दिवस मनाएको छ । एक कार्यक्रमका वीचमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल कार्यक्रमको उद्घाटन गर्नु भएको हो।

    images
    images

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले निजी क्षेत्र देशमा हुने ठूला तथा साना आन्दोलनहरूको चपेटामा पर्ने गरेको बताएका छन्। युवालाई रोजगारी दिने र राजस्व सङ्कलन गरेर राज्यलाई योगदान दिने तथा पूर्वाधार बनाउने नै निजी क्षेत्र हो । तर जेन्जी आन्दोलनका क्रममा पनि निजी क्षेत्रलाई टार्गेट बनाइएको बताएका छन्।

    20251113_134014-1536x1152.jpg

    त्यस्तै जेन्जी आन्दोलनको क्रममा धादिङमा निजी क्षेत्र सुरक्षित रहेकोमा अध्यक्ष ढकालले खुसी व्यक्त गरेका छन्। जिल्ला प्रशासन कार्यालय धादिङ र सुरक्षाका निकायहरूलाई धन्यवाद ज्ञापन गर्दै धादिङ उद्योग वाणिज्य सङ्घलाई राहत कोषमा १ लाख रुपैयाँ सहयोग गर्न प्रतिबद्धता व्यक्त गर्नु भयो।

    त्यस्तै धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले संघीय राजधानी काठमाडौँसँग जोडिएको धादिङ अवसर र सम्भावना रहे पनि उपलब्धि हुन नसकेको बताउनु भयो। व्यवसायीहरूलाई पर्नसक्ने सम्भावित समस्या र जोखिममा सहयोग पुग्ने उद्देश्यले राहत कोषको स्थापना गरिएको छ। संघका अध्यक्ष डल्लाकोटीले राहत कोषमा ५० हजार सहयोग गरेका छन्।

    581361887_1287697940040324_958741276639075198_n.jpg

    कार्यक्रममा सहभागी हुन आउनु भएका अतिथिहरुले राहत कोषमा रकम दिने प्रतिबद्धता जनाएको धादिङ उद्योग वाणिज्य संघका महासचिव तिलक सिंखडाले बताउनु भयो।

    कार्यक्रममा सहभागी निर्माण व्यवसायीहरू र गाउँपालिकाका प्रतिनिधिहरूले उद्योगी–व्यवसायीबीच आपसी सहकार्य र स्थानीय सरकारसँगको समन्वय बढाउन सुझाव दिनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २७, २०८२ बिहिवार - २०:१८:३६ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology