निर्वाचन आयोगले मतदाता नामावलीमा नाम संकलनका लागि पाँच दिन म्याद थप गरेको छ। नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी आयोगले पाँच दिन म्याद थप गरेको हो।
यसअघि शुक्रबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँगको टेलिफोन वार्तामा म्याद थपका लागि आग्रह गरिएको प्रधानमन्त्री सुशीला कार्कीले बताइन्। सोहीअनुसार आयोगले मतदाता नामावलीमा नाम संकलनका लागि पाँच दिन म्याद थप गरेको उनले बताइन् ।
राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामावलीमा नाम संकलन गर्न पाउने भएसँगै युवा पुस्ताको संख्या बढेको उनले बताइन ्। आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधि सभाको चुनावका लागि निर्धक्क भएर मतदान गर्न पाउने वातावरण बन्ने उनको भनाइ छ ।