आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

भगवती कम्पोजिट इन्डष्ट्रिजले आईपीओ निष्कासन गर्ने

भगवती कम्पोजिट इन्डष्ट्रिजले आईपीओ निष्कासन गर्ने

नागरिक पाटी

१२, मंसिर २०८२
  • 3.6K
    SHARES
  • भगवती कम्पोजिट इन्डष्ट्रिजले आईपीओ निष्कासन गर्ने

    भगवती कम्पोजिट इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई जारी पुँजीको २० प्रतिशतका दरले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँमा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले ६ लाख ४४ हजार कित्ता सेयर निष्कासन गर्नको लागि बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

    images

    कमलपोखरीस्थित कार्यालयमा सम्पन्न एक कार्यक्रमबीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता पत्रमा भगवती कम्पोजिट इन्डष्ट्रिज लिमिटेडका तर्फबाट अध्यक्ष दक्षिणा गैह्रे न्यौपाने तथा नेपाल लाइफ क्यपिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका हुन् ।

    भगवती कम्पोजिट इन्डष्ट्रिजले विगत १५ वर्षदेखि चितवनको भरतपुरमा अत्याधुनिक प्रविधि प्रयोग गर्दै गुणस्तरीय उद्योगजन्य वस्तुहरू उत्पादन गर्दै आइरहेको छ । यसको उद्देश्य उच्च गुणस्तरका, दिगो, सुरक्षित र प्रविधिमैत्री उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउनु रहेको छ ।

    अत्याधुनिक सिट मोलडिङ कम्पाउन्ड (एसएमसी) प्रविधिमा आधारित कभरहरू, डब्लूपीसी उच्च घनत्व होउल ढोका, पार्टेसन बोर्ड एवम् वाल क्याडिङ, वाल प्यानल जुन पानी, किरा, घाम र चिसोपन प्रतिरोधी हुनुका साथै दिगोपनाको दृष्टिले उत्कृष्ट, बलियो, टिकाउ र दीर्घकालीन प्रयोगका लागि उपयुक्त छन् ।

     

    images
    images
    images
    प्रकाशित मिति :मंसिर १२, २०८२ शुक्रवार - ०७:१८:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology