आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

एसीसी यु–१९ प्रिमियर कप : उपाधिका लागि नेपाल र यूएई भिड्दै

एसीसी यु–१९ प्रिमियर कप : उपाधिका लागि नेपाल र यूएई भिड्दै

नागरिक पाटी

१५, मंसिर २०८२
  • 2.4K
    SHARES
  • एसीसी यु–१९ प्रिमियर कप : उपाधिका लागि नेपाल र यूएई भिड्दै

    संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसीसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र आयोजक यूएईबीच आज प्रतिस्पर्धा हुँदै छ उपाधिका लागि खेल बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ ।

    images

    नेपालले मलेसियालाई नौ विकेटले हराएर उपाधिनजिक पुगेको हो । यूएईले भने ओमानलाई आठ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । नेपाल र यूएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान छ ।

    सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ । तेस्रो स्थानका लागि सोमबार मलेसिया र ओमान खेल्नेछन् । प्रतियोगितामा १४ टोलीको सहभागिता थियो । यू–१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमा हुँदै छ ।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर १५, २०८२ सोमवार - ०७:३७:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology