आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

एनपीएलमा चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

नागरिक पाटी

१६, मंसिर २०८२
  • 2.2K
    SHARES
  • एनपीएलमा चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

    नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा आज हुने पहिलो खेलमा बिहान पौने १२ बजे चितवन राइनोज र जनकपुर बोल्ट्स खेल्दैछन् ।

    images

    चार खेलबाट दुई खेल जितेको चितवन यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ । चितवनको ४ खेलमा २ जीत र २ हारसहित ४ अङ्क जाड्दै तालिकाको चौथो स्थानमा छ । लगातार चार खेल हारेर अङ्कविहीन हुँदै पुछारमा रहेको जनकपुर आजको खेल जितेर प्लेअफको दौडमा कायमै रहने लक्ष्यमा छ ।

    यस्तै आजै हुने अर्को खेलमा दिउँसो ४ बजे पोखरा एभेन्जर्स र कर्णाली याक्स खेल्दैछन् । दुवै टोलीका लागि आजको खेल प्लेअफ पुग्न महत्त्वपूर्ण छ ।

    पोखरा ४ खेलमा १ जीत र ३ हारसहित २ अङ्क जाड्दै सातौं स्थानमा छ । कर्णालीका लागि भने आजको खेल जित्नैपर्ने छ । कर्णाली ५ खेलमा १ जीत र ४ हारसहित २ अङ्क जोड्दै छैटौं स्थानमा छ ।

    प्रतियोगितामा अहिलेसम्म अपराजित रहदै सुदूरपश्चिम रोयल्स १० अङ्क जोडेर प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । यस्तै काठमाण्डौ गोर्खाज ६ खेलमा ८ अङ्कसहित दोश्रो, विराटनगर ५ खेलमा ८ अङ्कसहित तेश्रो र लुम्बिनी लायन्स ५ खेलमा ४ अङ्कसहित पाँचौ स्थानमा छ ।

    एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन् । गएको मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल क्रिकेट यही २७ गतेसम्म चल्नेछ ।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर १६, २०८२ मंगलवार - ०७:५१:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology