सिद्धार्थ केवलकार लिमिटेडले आईपीओ निष्कासनको तयारी थालेको छ । केवलकारले यसका लागि आगामी पुस २७ गते साधारण सभा बोलाएको हो । सिद्धार्थ केवलकार लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव पारित गर्न आगामी पुस २७ गते साधारण सभा आह्वान गरेको छ ।
कात्तिक ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौँको तीनकुनेस्थित सिद्धार्थ कटेजमा सभा गर्ने निर्णय गरेको हो ।