गोगनपानी साना किसान कृषि सहकारी संस्था लिले २६औं वार्षिक साधारण सभा एक कार्यक्रमका वीच मनाएको छ। थाक्रे वडा नम्बर ११ को बेल्टारमा रहेको गोगनपानी साना किसान कृषि सहकारी संस्थाले बुधबार वार्षिक साधारण सभा मनाएको हो । बुधबार सम्पन्न साधारण सभामा अध्यक्ष बद्रि प्रसाद रुपाखेतीले सहकारीको वार्षिक प्रगती प्रतिवेदन, संस्थाका प्रवन्धक सन्जय सुवेदीको प्रतिवेदन तथा लेखा समिति संयोजक माधब प्रसाद खतिवडाले आन्तरीक लेखा प्रतिवेदन पेश गर्नु भएको थियो।

वि।स २०५३ सालमा स्थापना भएको सहकारीको शेयर पुँजी १ करोड ६७ लाख १५ हजार २ सय रहेको छ । निक्षेप रकम ९ करोड २६ लाख ०६ हजार १ सय ०४ रुपैयाँ, ऋण लगानी १० करोड २३ लाख ०९ हजार ९९० रुपैया, खुद नाफा १० लाख ६३ हजार ८ सय १६ रुपैयाँ रहेको सहकारीको जम्मा दायित्य १७ करोड ८७ लाख ९६ हजार ४ सय २८ रुपैंया रहेको संस्थाका प्रवन्धक सन्जय सुवेदी जानकारी दिनु भयो ।

संस्थामा अहिले १७३ वटा समुह तथा ८४६ जना शेयर सदस्य रहेका छन्। कार्यक्रमका वीचमा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्यहरुलाई विभिन्न विदामा सम्मान समेत गरेको सहकारीका अध्यक्ष रुपाखेतीले बताउनु भयो ।
थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रिय संघका सदस्य तथा साना किसान कृषि सहकारी संघ लि। धादिङका अध्यक्ष अप्सरा अधिकारी, बागमती प्रदेश कृषि सहकारी संघ लिका अध्यक्ष डिल्ली पाठक, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि। गजुरी शाखाका प्रबन्धक दिपक राज पाण्डे, गल्छी ८ का वडा अध्यक्ष विशाल लुङगेली मगर,वडा सदस्यहरु, तसर्पू साना किसान कृषि सहकारी संस्था लि।का अध्यक्ष राधिकादेवी सापकोटा, थाक्रे साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष सरस्वती थापा, विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधी, सहकारीका शेयर सदस्यहरुको सहभागीता रहेको थियो ।