आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण सेयर

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण सेयर

नागरिक पाटी

२२, मंसिर २०८२
  • 2.5K
    SHARES
  • वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण सेयर

    वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सोमबारदेखि साधारण सेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्न लागेको हो ।

    images

    विदेशमा रहेका नेपालीले न्यूनतम् ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । उक्त परिमाणको साधारण सेयरमा छिटोमा यही मंसिर २५ गतेसमम्म बढीमा आगामी पुस ७ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

    साधारण सेयरमा लगानी गर्न चाहनेले धितोपत्र बोर्डमा दर्ता भएका सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय तथा मेरो सेयरको अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । सो कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

    कम्पनीले जारी पूँजी १ अर्ब ९० करोडको १० दशमलव १४ प्रतिशत १९ करोड २६ लाख ६० हजारको बराबरको १९ लाख २६ हजार ६०० कित्तामध्ये ११ लाख ५५ हजार ९६० कित्ता साधारण सेयर बिक्री गर्न लागेको छ । साधारण सेयरको १० प्रतिशत अर्थात एक लाख १५ हजार ५९६ कित्ता साधारण सेयर आजदेखि वैदेशिक रोजगारीमा रहेका नागरिकलाई बिक्री गर्न लागिएको हो ।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर २२, २०८२ सोमवार - ०७:२६:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology