सोमवार, कार्तिक ३० गते २०८३

Monday, Nov 16 2026 सोमवार, कार्तिक ३० गते २०८३

धादिङकी सन्तोषीको भ्यालेन्सिया म्याराथनमा नयाँ कीर्तिमान

धादिङकी सन्तोषीको भ्यालेन्सिया म्याराथनमा नयाँ कीर्तिमान

नागरिक पाटी

२२, मंसिर २०८२
  • 3.4K
    SHARES
  • धादिङकी सन्तोषीको भ्यालेन्सिया म्याराथनमा नयाँ कीर्तिमान

    ‘गोल्डेन गर्ल’ धाविकाको परिचय बनाएकी सन्तोषी श्रेष्ठले भ्यालेन्सिया म्याराथनमा दुरी पार गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।विश्वकै प्रमुख म्याराथनमध्ये एक ४२के भ्यालेन्सिया म्याराथन आइतबार भएको थियो । त्यसमा सन्तोषीले २ घण्टा ४० मिनेट २३ सेकेन्डमा म्याराथन पूरा गरेकी थिइन् । गत उनले गत वैशाखमा लन्डन म्याराथनमा आफैंले बनाएको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी हुन् ।

    images

    पेरिस ओलम्पिकको म्याराथन पूरा गरेकी सन्तोषीले बंगलादेशको बंगबन्धु म्याराथनमा २ घन्टा ४६ मिनेट २६ सेकेन्डको कीर्तिमान बनाएर आफ्नो म्याराथन यात्रा थालेकी थिइन् ।

    भ्यालेन्सियामा विश्वभरका ८२ महिला एलिट रनरले प्रतिस्पर्धा गरेकामा सन्तोषीले ५८ औं स्थानमा रहेर दुरी पार गरिन् । उनीभन्दा पछाडि चार जना धाविकाले मात्र दुरी पार गरेका थिए भने अन्यले बीचमै दौड छाडेका थिए ।

    नेपाल युके रनको पहलमा सन्तोषी भ्यालेन्सिया म्याराथनमा सहभागी भएकी हुन् । ग्लोबल स्पोर्ट्स कम्युनिकेसन नेदरल्यान्ड्सको फेलोसिपमा रहेकी सन्तोषीले भ्यालेन्सिया म्याराथनका लागि त्यहींको प्रशिक्षकबाट प्रशिक्षणमा थिइन् ।

    उनी मिसन २०२६ को राष्ट्रिय प्रशिक्षणमा रहेकी खेलाडी हुन् । सन् २०१९ मा १३ औं दक्षिण एसियाली खेलकुदमा १० हजार मिटर दौडमा स्वर्ण जितेपछि उनी नेपाली एथलेटिक्समा छाइरहेकी छन् ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २२, २०८२ सोमवार - ०७:२९:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology