आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

हाइवे बचत तथा ऋण सहकारीको १९औं वार्षिक साधारण सभा सम्पन्न

हाइवे बचत तथा ऋण सहकारीको १९औं वार्षिक साधारण सभा सम्पन्न

शिवराज आचार्य

२७, मंसिर २०८२
  • 2.5K
    SHARES
  • हाइवे बचत तथा ऋण सहकारीको १९औं वार्षिक साधारण सभा सम्पन्न

    गल्छी । धादिङको गल्छी ६ बैरेनीमा रहेको हाइवे बचत तथा ऋण सहकारी संस्था लि.को १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

    images

    सहकारीले वार्षिक साधारण सभा मार्फत वार्षिक प्रतिवेदन २०८२ संस्थाका अध्यक्ष शिब बहादुर भण्डारीले प्रस्तुत गर्नु भएको थियो।

    597213536_1471404391327711_8026248461954445272_n.jpg

    वि.स २०६३ सालमा ४७ जनाबाट शुरुवात भएको यस सहकारीको शेयर पुँजी ३ करोड ३९ लाख ६५ हजार २ सय रहेको छ। ३७ करोड ८८ लाख ३२ हजार १ सय ०३ रुपैयाँ जम्मा कारोवार रकम रहेको सहकारीमा निक्षेप रकम २७ करोड ५९ लाख ३१ हजार १ सय ८१ रुपैयाँ, जगेडा कोष ३ करोड ४१ लाख २६ हजार ४ सय ७४ रुपैयाँ, अन्य कोष २ करोड ४४ लाख ६९ रुपैयाँ, तरलता ११ करोड २० लाख ७ हजार ३ सय २९ रुपैयाँ, शुद्ध नाफा ८१ लाख ९२ हजार ४ सय २२ रुपैयाँ, ऋण लगानी २५ करोड ४८ लाख ९८ हजार १ सय ९० रुपैयाँ रहेको छ भने सहकारीमा हालको करोबार ३९ करोड भन्दा माथी रहेको छ ।

    संस्थामा अहिले ४८५९ जना शेयर सदस्य रहेका छन्। कार्यक्रमका वीचमा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्य,वाल बचत कता, उत्कृष्ट कारोवार गर्ने बचत कता र उत्कृष्ट कर्मचारीलाई समेत सम्मान गरेको सहकारीका व्यवस्थापक ऋशीराम नेपालले बताउनु भयो ।

    सहकारीले मंसिर २० गतेबाट एकाइ भेला मार्फत साधारण सभा सञ्चालन गरी आज एकाई भेला मार्फत छनोट भएका प्रतिनिधिहरुका वीचमा १९औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो।

    कार्यक्रमका केही तस्बिरहरु:

     

    595558037_1471404824661001_4907822511970719671_n.jpg594901229_1471404911327659_2596242161361785557_n.jpg597242347_1471405021327648_4395184173694020653_n.jpg

    images
    images
    images
    प्रकाशित मिति :मंसिर २७, २०८२ शनिवार - १९:०५:३० बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology