शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बेनीघाट रोराङको गोइराङ आधारभूत विद्यालयमा पुस्तकालय उद्घाटन

बेनीघाट रोराङको गोइराङ आधारभूत विद्यालयमा पुस्तकालय उद्घाटन

शिवराज आचार्य

२९, मंसिर २०८२
  • 2.9K
    SHARES
  • बेनीघाट रोराङको गोइराङ आधारभूत विद्यालयमा पुस्तकालय उद्घाटन

    जोगिमारा। धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर–१० स्थित गोइराङ आधारभूत विद्यालयमा स्थापना गरिएको पुस्तकालयको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सोमबार सम्पन्न भएको छ।

    images
    images

    599949753_1713842933350763_4562680578720460064_n.jpg

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्यक्ष टापबहादुर श्रेष्ठले विद्यालयमा पुस्तकालय स्थापना हुनु शिक्षाको गुणस्तर सुधारका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै स्थानीय सरकार शिक्षा क्षेत्रमा यस्ता पहललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले पुस्तकालयले विद्यार्थीहरूमा पठन संस्कृतिको विकास, सिर्जनात्मक सोच अभिवृद्धि तथा शैक्षिक उपलब्धि सुधारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भएको फिल्ड कार्यक्रम अधिकृत सुरज श्रेष्ठले जानकारी दिनु भयो।

    600449012_1713842256684164_4033056721794630972_n.jpg

    त्यसैगरी चाइल्डफण्ड जापानका प्रतिनिधिहरूले ग्रामीण क्षेत्रका विद्यालयमा गुणस्तरीय शैक्षिक पूर्वाधार विस्तार गर्नु संस्थाको प्राथमिकता रहेको उल्लेख गर्दै गोइराङ आधारभूत विद्यालयमा स्थापना गरिएको पुस्तकालयले विद्यार्थी, शिक्षक तथा समुदायका लागि ज्ञानको केन्द्रको रूपमा काम गर्ने अपेक्षा व्यक्त गर्न भएको अधिकृत सुरज श्रेष्ठले बतउन भयो ।

    597940677_1713844490017274_2100707493534620798_n.jpg

    विद्यालयमा स्थापना गरिएको पुस्तकालयमा विद्यार्थीमैत्री फर्निचर, कम्प्युटर तथा उपयुक्त बसाइ व्यवस्थापनको व्यवस्था गरिएको छ। पुस्तकालयमा बालसाहित्य, सन्दर्भ सामग्री, शैक्षिक पुस्तक, कथा, कविता, विज्ञान, गणित, सामाजिक विषय लगायत ३६१ फरक–फरक विधाका जम्मा १,०६१ वटा पुस्तकहरू उपलब्ध रहेकाको र यसले विद्यार्थीहरूको सिकाइ क्षमतामा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिइएको प्रयास नपाल धादिङको शिक्षामा पहुँच सुनिश्चितता परियोजनाका व्यवस्थापक सन्तोष सत्यालले बताउनु भयो ।

    596539020_1713843026684087_3052761437275863742_n.jpg

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टंक रानाले पुस्तकालय स्थापना भएपछि विद्यालय परिवार अत्यन्तै खुशी भएको बताउनुभयो। उहाँले पुस्तकालयले विद्यार्थीहरूको पठन संस्कृतिको विकास गर्नुका साथै सिकाइ उपलब्धि वृद्धि गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। प्रधानाध्यापक रानाका अनुसार यसले विद्यार्थीहरूलाई नियमित अध्ययनतर्फ आकर्षित गर्ने, स्व–अध्ययनको बानी विकास गर्ने तथा समग्र शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्नेछ।

    त्यसैगरी प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले शिक्षामा पहुँच सुनिश्चित गर्नुका साथै विद्यालयको सिकाइ वातावरण सुधार गर्ने उद्देश्यले परियोजना सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले पुस्तकालय स्थापना कार्यमा सहयोग पुर्‍याउने चाइल्डफण्ड जापान, स्थानीय सरकार, विद्यालय प्रशासन तथा समुदायप्रति धन्यवाद ज्ञापन गर्नु भएको सुचना तथा दस्तावेजिकरण अधिकृत प्रेरणाा बस्नेतले जानकारी दिनु भयो।

    600307149_1713843083350748_6394720056695503518_n.jpg

    कार्यक्रमको अन्त्यमा विद्यालय परिवार तथा सहभागीहरूले पुस्तकालय स्थापना भएपछि विद्यार्थीहरूको नियमित पठन अभ्यास बढ्ने, शैक्षिक उपलब्धिमा सुधार आउने तथा विद्यालयप्रति विद्यार्थीहरूको आकर्षण अझै बढ्ने अपेक्षा व्यक्त गरेका थिए। सरकारी, गैरसरकारी संस्था तथा समुदायबीचको सहकार्यले शिक्षा क्षेत्रमा दिगो परिवर्तन सम्भव हुने सन्देशसहित कार्यक्रम सम्पन्न भएको सहभागीहरूको धारणा रहेको थियो।

    597393877_1713843220017401_961664792998205091_n.jpg

    पुस्तकालय उद्घाटन तथा हस्तान्तरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर गुरुङको अध्यक्षतामा तथा बेनीघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टापबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा गाउँ शिक्षा अधिकारी बोधराज पाठक, चाइल्डफण्ड जापानका निर्देशक मासाहिरो, नेपालका लागि कन्ट्री डाइरेक्टर आङ पासाङ शेर्पा, एरिया म्यानेजर कविराम बाठा मगर, डीएस अफिसर श्रीकान्त लुइटेल, प्रयास नेपाल धादिङका अध्यक्ष वीरबहादुर श्रेष्ठ, कार्यकारी निर्देशक दामोदर अर्याल तथा सह–सचिव कपिलदेव सापकोटा ,वडा सदस्यहरु,लगायतको अभिभावकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २९, २०८२ सोमवार - २०:४०:०६ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology