शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रास्वपा थाक्रे गाउँपालिका वडा नम्बर ४ को सभापतिमा अर्याल चयन

रास्वपा थाक्रे गाउँपालिका वडा नम्बर ४ को सभापतिमा अर्याल चयन

शिवराज आचार्य

२, पौष २०८२
  • 10.8K
    SHARES
  • रास्वपा थाक्रे गाउँपालिका वडा नम्बर ४ को सभापतिमा अर्याल चयन

    धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा समिती गठन गरेको छ । थाक्रे गाउँ सभापति जगन्नाथ आचार्यको अध्यक्षतामा भएको उक्त वडाको प्रथम भेला मार्फत समिती गठन गरिएको हो ।

    images
    images

    समितीको सभापतीमा मधुसूदन अर्याल, उपसभापतीमा रमेश अयार्ल र सचिवमा सरु पौडेल चयन भएका छन् । यस्तै सदस्यहरुमा सूर्य अधिकारी, हरिचन्द्र अधिकारी, कृष्ण बहादुर तामाङ, सविना रिजाल, मुना रिजाल, सुवाष स्याङतान, बद्रि परियार र गिता परियार चयन भएका छन् ।

    कार्यक्रममा वडास्तरमा पार्टी सशक्त बनाउने, संगठन विस्तार गर्ने र स्थानीय समस्याहरूलाई प्राथमिकताका साथ समाधान खोज्ने विषयमा छलफल गरिएको छ ।

    कार्यक्रममा बागमती प्रदेश सदस्य धुर्व कुमार रेग्मी, जिल्ला कमिटी सदस्य शंकर अर्याल, क्षेत्र नम्बर–१ का क्षेत्रीय सभापति श्रवण त्रिपाठी लगायत स्थानिय नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २, २०८२ बुधवार - १९:२८:०३ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology