आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

साना किसान कृषि सहकारी कल्लेरीको २६ औं वार्षिक साधारण सभा सम्पन्न

साना किसान कृषि सहकारी कल्लेरीको २६ औं वार्षिक साधारण सभा सम्पन्न

शिवराज आचार्य

५, पौष २०८२
  • 4.1K
    SHARES
  • साना किसान कृषि सहकारी कल्लेरीको २६ औं वार्षिक साधारण सभा सम्पन्न

    गल्छी,धादिङ । सानाकिसान कृषि सहकारी संस्था लि गल्छी २ कल्लेरीको २६ औं वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।

    images

    साना किसान कृषि सहकारी संस्था लिमिटेड कल्लेरीका अध्यक्ष कल्याण आचार्यको अध्यक्षतामा सम्पन्न साधारण सभामा नेपाल कृषि सहकारी केन्द्रिय संघ लिंका अध्यक्ष खेम बहादुर पाठकको प्रमुख आतिथ्यता रहेको थियो भने गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाको र उपाध्यक्ष भाइकाजि तिवारीको विशेष आतिथ्यता रहेको थियो ।

    603838297_1717851349616588_837220613619697512_n.jpg

    साधारण सभाले संस्थाका अध्यक्ष कल्याण आचार्यले आर्थिक वर्ष २०८१÷८२ को प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका प्रमुख नवराज पौडेलको लेखा सुपरिवेक्षण प्रतिवेदन, संस्थाका मुख्य प्रवन्धक ज्ञान प्रसाद खतिवडाको प्रतिवेदन पारित गरेको छ ।

    600277087_1717850206283369_8165163330701665974_n.jpg

    वि.सं २०५१ सालमा स्थापना भएको सहकारीमा २५७ समुहमा १४४१ साना किसान सदस्यहरु आवद्ध छन् । २०८२ असार मसान्त सम्म सहकारीमा ३ करोड २१ लाख ५८ हजार ५ सय शेयर रकम रहेको सहकारीमा १४ करोड ८७ लाख ०४ हजार ९ सय ४० रुपैयाँ निक्षेप रकम, ३३ करोड ६८ लाख ४३ हजार ७ सय १ रुपैयाँ ऋण लगानी रहेको छ भने आर्थिक वर्ष २०८१÷८२ मा सहकारीले कुल ४० करोड ८४ लाख ९३ हजार २ सय ०४ रुपैयाँ लगानी गर्दै खुद ५६ लाख १० हजार ०६६ रुपैयाँ नाफा गरेको छ ।

    600186449_1717850586283331_2840045387479396750_n.jpg

    सहकारीको २६ औं साधारण सभालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल कृषि सहकारी केन्द्रिय संघ लिका अध्यक्ष खेम बहादुर पाठकले सहकारी कस्तो बनाउने भन्ने जिम्मेवारी र दायित्व सम्वन्धित संस्थाको नेतृत्व र शेयर सदस्यहरुको रहने बताउनु भएको छ। उहाँले कल्लेरी साना किसान कृषि सहकारी नमुना सहकारीको रुपमा अगाडी बढेको बताउँनु भयो।

    त्यस्तै सहकारीको साधारण सभालाई सम्वोधन गर्दै गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले गाउँपालिकाले अघिल्ला वर्षहरुबाटै सहकारीसंग निरन्तर सहकार्य गरेको र आगामी दिनमा पनि संस्थागत सहकार्य रुपमा गर्ने बताउनु भयो।

    त्यस्तै कार्यक्रममा बोल्नु हुँदै गल्छी गाउँपालिकाका उपाध्यक्ष भाइकाजि तिवारीले साना किसान कृषि सहकारीले पालिकाको हरेक वडाका कृषकहरुलाई सेवा दिनुपर्ने बताउँदै सेवा विस्तार तथा सहकारी मार्फत कृषक सम्म कृषि तथा पशु सेवाका कार्यक्रमहरु पुर्याउन आफुहरु सदैब तयार रहेको बताउनु भयो ।

    600338106_1717850479616675_7408531202955641676_n.jpg

    साना किसान कृषि सहकारी संस्थ लिमिटेड कल्लेरीको साधारण सभामा संस्थाको कार्यक्षेत्रका वार्ड अध्यक्षहरु, छिमेकि सहकारीका अध्यक्ष एवं प्रवन्धकहरु, सहकारीका शेयर सदस्यहरु लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

     

    images
    images
    images
    प्रकाशित मिति :पौष ५, २०८२ शनिवार - २१:२१:०२ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology