आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मुख्यमन्त्री बानियाँद्वारा चेपाङ दम्पतीलाई नयाँ घर हस्तान्तरण

मुख्यमन्त्री बानियाँद्वारा चेपाङ दम्पतीलाई नयाँ घर हस्तान्तरण

नागरिक पाटी

७, पौष २०८२
  • 3.7K
    SHARES
  • मुख्यमन्त्री बानियाँद्वारा चेपाङ दम्पतीलाई नयाँ घर हस्तान्तरण

    बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफ्नो सेवा सुविधाबापतको रकमबाट मकवानपुरको कैलाश गाउँपालिका–४ का विपन्न चेपाङ दम्पतीका लागि घर निर्माण गरिदिएका छन्। एक कार्यक्रमका बिच मुख्यमन्त्री बानियाँले लालकुमार चेपाङ र सानुमाया चेपाङलाई नवनिर्मित घर हस्तान्तरण गरेका हुन्।

    images

    कैलाश गाउँपालिकाको सिफारिसमा मुख्यमन्त्रीले आफ्नै निजी खर्चमा करिब ८ लाख रुपैयाँको लगानीमा तीन कोठाको जस्ताले छाएको घर र शौचालय निर्माण गराएका हुन्। विगत लामो समयदेखि जीर्ण र असुरक्षित झुपडीमा बस्दै आएका ५० वर्षीय लालकुमार र आंशिक अपाङ्गता भएकी उनकी पत्नी सानुमाया आर्थिक अभावका कारण घर बनाउन असमर्थ थिए। नयाँ घर पाएसँगै उनीहरूका लागि आवश्यक लत्ताकपडाको व्यवस्थापन भने गाउँपालिकाले गर्ने भएको छ।

    बानियाँले यसअघि पनि मनहरीमा एक विपन्न परिवारलाई घर बनाइदिएका थिए भने राक्सिराङमा अर्को एक घर निर्माणको क्रममा रहेको छ।

    images
    images
    images
    प्रकाशित मिति :पौष ७, २०८२ सोमवार - ०७:३०:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology