आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

‘पाकेको चिउरी’मा सुशील र अञ्जनाको छमछमी

‘पाकेको चिउरी’मा सुशील र अञ्जनाको छमछमी

नागरिक पाटी

११, पौष २०८२
  • 2.7K
    SHARES
  • ‘पाकेको चिउरी’मा सुशील र अञ्जनाको छमछमी

    आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘परिवर्तन’को गीत ‘पाकेको चिउरी’ सार्वजनिक भएको छ । निर्माण टिमले क्रिसमसको अवसर पारेर सार्वजनिक गरेको गीतमा फिल्मका मुख्य कलाकार सुशील श्रेष्ठ र अञ्जना बराइली छमछमी नाचेका छन् ।

    images

    गीतको भिडियो रामजी लामिछानेको कोरियोग्राफी छ । शिव ढकालको छायाङ्कन, एसडी योगी र रेश्मा पुनको स्वर रहेको गीतमा संगीत गायक योगी कै छ । गीतको शब्द मौसम अर्यालले लेखेका हुन् ।

    विजय केरुङ निर्देशित फिल्म दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको हो । फिल्ममा अभिनेता सुशील श्रेष्ठ,अभिनेत्री अञ्जना बराइलीका अलवा सरोज खनाल,करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी,सुवास मेचेको मुख्य भूमिका छ ।

    एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको यस फिल्मलाई विजय केरूङले निर्देशन गरेका हुन् । दीपक सिवाकोटीको कथा तथा निर्माण रहेको फिल्मको पटकथा तथा संवाद शिवं अधिकारीले लेखेका हुन् । बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत रहेको फिल्ममा द्वन्द्व श्री श्रेष्ठको छ । फिल्मलाई आर आर फिल्मस्ले वितरण गर्दैछ ।

    images
    images
    images
    प्रकाशित मिति :पौष ११, २०८२ शुक्रवार - ०९:०५:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology