आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

तसर्पू साना किसान कृषि सहकारीले मनायो १६औं वार्षिक साधारण सभा

तसर्पू साना किसान कृषि सहकारीले मनायो १६औं वार्षिक साधारण सभा

शिवराज आचार्य

१२, पौष २०८२
  • 3.4K
    SHARES
  • तसर्पू साना किसान कृषि सहकारीले मनायो १६औं वार्षिक साधारण सभा

    तसर्पू,धादिङ । धादिङको थाक्रे ४ मा रहेको तसर्पू साना किसान कृषि सहकारी संस्था लिमिटेडले १६ औँ साधारण सभा मनाएको छ ।

    images

    साधारण सभाले संस्थाका अध्यक्ष राधिकादेवी पौडेल सापकोटाले आर्थिक वर्ष २०८१÷८२ को प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका प्रमुख नवराज भोलनको लेखा सुपरिवेक्षण प्रतिवेदन, संस्थाका मुख्य प्रवन्धक बिरसिंह लामाको प्रतिवेदन पारित गरेको छ ।

    वि.स २०६६ सालमा स्थापना भएको सहकारीको शेयर पुँजी १ करोड ४७ लाख ३६ हजार रुपैयाँ रहेको छ । साधारण जगेडा कोष २ करोड ५४ लाख ६३ हजार ७३५ रुपैयाँ, निक्षेप बचत रकम ६ करोड ६ लाख ६ हजार ५५४रुपैयाँ, तिर्नबाँकी ऋण ३ करोड ६२ लाख, लगानीमा रहेको ऋण ११ करोड ३७ हजार ९५० रुपैयाँ रहेको सहकारीको जम्मा करोकार १४ करोड ४६ लाख ०७ हजार ७४६ रुपैयाँ रहेको सहकारीका प्रबन्धक बिरसिंह लामाले जानकारी दिनु भयो ।

    सहकारीले यस वर्ष १२ लाख २९ हजार ४८१ रुपैयाँ नाफा गरेको छ। संस्थामा अहिले २०९ वटा समुह तथा ८५१जना शेयर सदस्य रहेका छन्। कार्यक्रमका वीचमा सहकारीले ७० वर्ष उमेर मार्थीका बृद्धबृद्धा, उत्कृष्ट शेयर सदस्य, बचत कताहरुलाई विभिन्न विदामा सम्मान समेत गरेको सहकारीका अध्यक्ष सापकोटाले बताउनु भयो ।

    सहकारीको साधारण सभालाई सम्वोधन गर्दै थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले गाउँपालिकाले अघिल्ला वर्षहरुबाटै सहकारीसंग निरन्तर सहकार्य गरेको र आगामी दिनमा पनि संस्थागत सहकार्य गर्ने बताउनु भयो।

    संस्थाका अध्यक्ष सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतिथ्यता रहेको थियो। साधारण सभामा भूमेस्थान साना किसान कृषि सहकारी संस्था लि. अध्यक्ष कृष्ण बहादुर थापा, गोगनपानी साना किसान कृषि सहकारी संस्था लिका अध्यक्ष बद्रि प्रसाद रुपाखेती,थाक्रे साना किसान कृषि सहकारी संस्था लिका अध्यक्ष सरस्वती थापा,साना किसान कृषि सहकारी संस्था लि.छत्रेदेउरालीका अध्यक्ष रन्जना पाठक लगायत विभिन्न सहकारी संस्थाका प्रबन्धक तथा प्रतिनिधी, सहकारीका शेयर सदस्यहरुको सहभागीता रहेको थियो। 

    कार्यक्रमका केही तस्बिरहरु.

    606790048_1723443169057406_397882181073240453_n.jpg600909036_1723442829057440_9162291271715867978_n.jpg

    603907558_1723443265724063_2155866581220682079_n.jpg

    605542702_1723442949057428_8338472663882864816_n.jpg

    605998355_1723442752390781_1968341799847037067_n.jpg

    605533089_1723442489057474_2143386178100651275_n.jpg

    603842292_1723441985724191_3602468712302264127_n.jpg

     

     

    images
    images
    images
    प्रकाशित मिति :पौष १२, २०८२ शनिवार - २०:३३:४६ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology