शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रास्वपा धुनिवेशी नगरपालिका वडा नम्बर २ को सभापतिमा भारती चयन

रास्वपा धुनिवेशी नगरपालिका वडा नम्बर २ को सभापतिमा भारती चयन

शिवराज आचार्य

१२, पौष २०८२
  • 16.5K
    SHARES
  • रास्वपा धुनिवेशी नगरपालिका वडा नम्बर २ को सभापतिमा भारती चयन

    धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा समिती गठन गरेको छ । वडाको प्रथम भेला मार्फत समिती गठन गरिएको हो ।

    images
    images

    समितीको सभापतीमा राजीव राज भारती, उपसभापतीमा सालिक राम गौतम र सचिवमा सविन भट्टराई चयन भएका छन् । यस्तै सदस्यहरुमा सुरेश पोखरेल,रामचन्द्र अधिकारी,प्रविन भट्टराइ,अशोक लुइटेल,हरि प्रसाद बास्कोटा,जयराम कार्की र सुदर्शन बास्कोटा चयन भएको धुनिवेशी ८ नम्बर सभापति दिनेश रुपाखेतीले जानकारी दिनु भयो।

    कार्यक्रममा वडास्तरमा पार्टी सशक्त बनाउने, संगठन विस्तार गर्ने र स्थानीय समस्याहरूलाई प्राथमिकताका साथ समाधान खोज्ने विषयमा छलफल गरिएको छ ।

    कार्यक्रममा बागमती प्रदेश सदस्य धुर्व कुमार रेग्मी, जिल्ला सभापति सुर्यमणी पाठक लगायत स्थानिय नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो। कार्यक्रममा विभिन्न पार्टी परित्याक गरेर करिब ९१ जना रास्वपा प्रवेश गरेका छन्।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १२, २०८२ शनिवार - २१:११:४५ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology