आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सार्वजनिक निकायले सूचना लुकाउने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने मन्त्री अधिकारीको भनाई

सार्वजनिक निकायले सूचना लुकाउने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने मन्त्री अधिकारीको भनाई

नागरिक पाटी

१३, पौष २०८२
  • 2.7K
    SHARES
  • सार्वजनिक निकायले सूचना लुकाउने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने मन्त्री अधिकारीको भनाई

    बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज अधिकारीले सूचना भनेको लोकतन्त्रको जग भएकोले जनताको सूचना पाउने अधिकार कुण्ठित गर्न नहुने बताउनुभएको छ । धादिङको गल्छी गाउँपालिकामा आयोजित सूचनाको हक प्रवर्द्धन सम्बन्धि अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री अधिकारीले सूचनाको हक कार्यान्वयनमा आलटाल नगर्न जनप्रतिनिधि र कर्मचारीहरुलाई आग्रह गर्नुएको हो ।

    images
    5.jpg

    सार्वजनिक निकायले सूचना लुकाउने प्रवृत्तिलाई अन्त्य गर्न अनुरोध गर्दै सूचनाको हक लोकतन्त्रको आधारस्तम्भ भएकोले स्थानीय तहसम्म सूचनाको हकसम्बन्धी कानुनको कार्यान्वयन मजबुत बनाउने कामलाई प्राथमिकतामा राखेको बताउनुभयो । नागरिकले सूचना माग गर्न हिच्किचाउन नहुने र सार्वजनिक निकायले कानुनअनुसार समयमै सूचना उपलब्ध गराउने दायित्व पूरा गर्नुपर्नेमा उहाँको जोड छ ।

    2.jpg

    बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तरगत प्रदेश सूचना पुनरावेदन समितिको आयोजनामा भएको अन्तरक्रिया उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरूले सूचनाको स्वतः प्रकाशन, सूचना अधिकारीको भूमिकाको प्रभावकारिता र सूचना माग प्रक्रियालाई सरल बनाउने विषयमा बोल्नुभएको थियो ।

    नागरिकको सूचनामा पहुँच सुनिश्चित गर्दै सार्वजनिक निकायलाई थप पारदर्शी र जवाफदेही बनाउने उद्देश्यले प्रदेश सूचना पुनरावलोकन समितिले सूचनाको हक प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया गर्दै आएको छ । कार्यक्रममा सूचनाको हकसम्बन्धी कानुनी व्यवस्था, कार्यान्वयनको अवस्था, चुनौती तथा नागरिक र सञ्चारकर्मीको भूमिकाबारे विस्तृत छलफल गरिएको छ ।

    3.jpg

    कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारी, गल्छी गाउँ पालिका अध्यक्ष केदारनाथ खतिवडा, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी, बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु लगायतले शुभकामना व्यक्त गर्नुभएको छ ।

    धादिङका गाउँ पालिका सूचना अधिकारी, वडा सचिव, संचारकर्मीहरुको सहभागिता रहेको कार्यालयलाई प्रदेश सूचना पुनरावेदन समितिका अध्यक्ष हरि अधिकारी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव भुवन न्यौपानेले सूचनाको हक प्रवर्द्धन सम्बन्धि विषयमा सहजिकरण गर्नुभएको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :पौष १३, २०८२ आइतवार - २०:५१:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology