आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

नागरिक पाटी

२२, पौष २०८२
  • 3.3K
    SHARES
  • टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

    भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ । मंगलबार नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुवर्ट लले रोहितकुमार पौडेलको कप्तानीमा प्रतियोगिताको निम्ति १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेका हुन् ।

    images

    मंगलबारै नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीहरूको नामावली समेत सार्वजनिक गरेको छ । प्रतियोगिता भारत र श्रीलंकाको संयुक्त आयोजनामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुनेछ ।

    प्रतियोगितामा नेपाल समूह ‘सी’ मा छ । समूहमा नेपालसँगै विश्वकप विजेता इंग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बंगलादेश छन्

    नेपाली टिम : रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल, लोकेस बम

    images
    images
    images
    प्रकाशित मिति :पौष २२, २०८२ मंगलवार - २१:०४:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology