शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्याब्सन धादिङको एकल गायनमा ब्लुमिङ लोटस बोर्डिङ स्कुल प्रथम

प्याब्सन धादिङको एकल गायनमा ब्लुमिङ लोटस बोर्डिङ स्कुल प्रथम

नागरिक पाटी

२५, पौष २०८२
  • 4.2K
    SHARES
  • प्याब्सन धादिङको एकल गायनमा ब्लुमिङ लोटस बोर्डिङ स्कुल प्रथम

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) धादिङको दोस्रो जिल्ला परिषद् भेलाको अवसरमा आयोजित एकल गायन प्रतियोगितामा ब्लुमिङ लोटस बोर्डिङ स्कुल प्रथम भएको छ । प्याब्सनमा आबद्द विद्यालयतर्फ आयोजित प्रतियोगितामा मुनाल एकेडेमी द्वितीय तथा चिल्ड्रेन पार्क स्कुल तृतीय र एडभान्स एकेडेमी सान्त्वना भएको हो। व्यक्तिगत तर्फ ब्लुमिङ लोटस बोर्डिङ स्कुलकी सन्ध्या केसी प्रथम, बेनी शिक्षा सदनकी विमिशा श्रेष्ठ द्वितीय तथा मुनाल एकेडेमीकी कसिस रोएला तृतीय भएका छन्।

    images
    images

    विजयी विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि तथा सभापतिले मेडल र प्रमाणपत्र प्रदान गरी सम्मान गरेका छन् । प्याब्सन धादिङका अध्यक्ष दिनेश भट्टको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन बागमती प्रदेश अध्यक्ष मुरारी प्रकाश सन्जेलको प्रमुख आतिथ्यता रहेको थियो भने केन्द्रीय प्याब्सन सदस्य रमेशकुमार श्रेष्ठको विशेष आतित्थ्यता रहेको थियो ।

    त्यसैगरी बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष सानु राजा कार्की, उपाध्यक्ष विनोदमान श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य नवराज ओझा, बागमती प्रदेश कोषाध्यक्ष रामचन्द्र अर्याल लगायत प्याब्सन धादिङका पदाधिकारी, सदस्यहरू तथा जिल्लाका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    परिषद् भेलाको अवसरमा एसईई परीक्षा २०८१ मा शतप्रतिशत नतिजा ल्याउने विद्यालयहरू, प्रदेशस्तरीय अतिरिक्त क्रियाकलापमा सफल विद्यालयहरू, ४ जिपिए ल्याउने तथा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको छ । यस्तै विभिन्न तहमा लामो समयसम्म शैक्षिक योगदान पुर्‍याउने शिक्षक, कर्मचारी तथा मिडियाकर्मीहरूलाई समेत सम्मान गरिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २५, २०८२ शुक्रवार - ०९:४५:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology