धादिङको गल्छी गाउँपालिकाको ८ नम्बर वडा शनिबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदै छ । बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेको प्रमुख आतित्थ्यथतामा हुने कार्यक्रम मार्फत बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुन लागेको वडा अध्यक्ष विशाल लुङ्गेली मगरले बताए ।
बालमैत्री स्थानिय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री स्थानिय शासन घोषणा कायविधी २०७९ ले निर्दिष्ट गरेका ५१ वटा सुचक र तहगत चरणहरु पुरा गरेकाले वडा नम्बर ८ लाई बालमैत्री वडा घोषणा गर्न लागिएको गल्छी गाउँपालिकाको पालिका बालमैत्री सहजकर्ता विपिन मल्लको भनाई छ ।
बालबालिकाको उज्ज्वल भविष्यका लागि गाउँपालिकाले दीर्घकालीन रणनीति तयार गरी बालमैत्री वडाहरू निर्माण गर्दै आएको गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले बताए । उनका अनुसार यसअघि यसअघि वडा नम्बर १, २ र ७ लाई बालमैत्री वडा घोषणा गरिसकिएको छ ।