शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको गल्छी–८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

धादिङको गल्छी–८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

आशिष ठकुरी

२६, पौष २०८२
  • 5.8K
    SHARES
  • धादिङको गल्छी–८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

    धादिङको गल्छी गाउँपालिका वडा नम्बर ८ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। “बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ आयोजित विशेष कार्यक्रममा वडा नम्बर ८ लाई औपचारिक रूपमा बालमैत्री वडा घोषणा गरिएको हो।

    images
    images

    वडा नम्बर ८ को गोगनपानीमा आयोजित कार्यक्रममा स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले निर्धारण गरेका ५१ वटा सूचक पूरा गरेपछि वडा नम्बर ८ लाई बालमैत्री वडा घोषणा गरिएको छ । बालअधिकार संरक्षण, बालविवाह न्यूनीकरण, बालश्रम अन्त्य तथा बालबालिकाको शिक्षा, स्वास्थ्य र सहभागितामा उल्लेखनीय उपलब्धि हासिल भएकाले वडा घोषणा गरिएको कार्यक्रमका अध्यक्ष तथा वडा अध्यक्ष विशाल लुङ्गेली मगरको भनाई छ ।

    4.jpg

    कार्यक्रममा वक्ताहरूले बालमैत्री वातावरण निर्माणले बालबालिकाको समग्र विकास, सुरक्षित भविष्य र सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग र सहकार्यको प्रतिबद्धता व्यक्त गरेका थिए।

    3.jpg

    बागमती प्रदेशका सामाजिक विकास मन्त्री माननीय कञ्चन चन्द्र बादेको प्रमुख आतित्थ्यता रहेको कार्यक्रममा बागमती प्रदेशका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य मदकुमार श्रेष्ठ, गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा र उपाध्यक्ष भाइकाजी तिवारी लगायतको विशेष आतित्थ्यता रहेको थियो ।

    2.jpg

    यसअघि गल्छीको वडा नम्बर १, २ र ७ लाई बालमैत्री वडा घोषणा गरिसकिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २६, २०८२ शनिवार - २१:४२:३३ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology