आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

टिचिङ अस्पतालद्धारा स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने निर्णय

टिचिङ अस्पतालद्धारा स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने निर्णय

नागरिक पाटी

२९, पौष २०८२
  • 2.3K
    SHARES
  • टिचिङ अस्पतालद्धारा स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने निर्णय

    त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ९टिचिङ अस्पताल० ले स्वास्थ्य बीमाको सेवा नै बन्द गर्ने निर्णय गरेको छ । आगामी माघ १ गतेदेखि स्वास्थ्य बीमा अन्तर्गतका सम्पूर्ण उपचार सेवा बन्द गर्ने अस्पताल प्रशासनले जनाएको छ ।

    images

    अस्पतालका अनुसार विगत लामो समयदेखि बीमा बोर्डले दाबी भुक्तानी नगर्दा अस्पतालको आर्थिक अवस्था धरासायी बनेको छ ।

    बीमा बोर्डले अस्पताललाई ४० करोड भुक्तानी दिन बाँकी छ । अस्पतालले मासिक करिब ५ करोड रुपैयाँभन्दा बढी खर्च व्यहोर्दै आएकोमा बीमा बोर्डबाट ५० प्रतिशत मात्र दाबी स्वीकृत हुँदै थप समस्या आएको अस्पताल प्रशासनले जनाएको छ ।

    अस्पतालले उपचार दररेटमा बीमा बोर्ड र अस्पतालबीच ठूलो अन्तर रहेको, पटक-पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :पौष २९, २०८२ मंगलवार - ०७:३४:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology