शुक्रबार नेपाली बजारमा सुनको भाउ ७ सय रुपैयाँले बढेको छ। कारोबार साताको अन्तिम दिन शुक्रबार सुन तोलामा ७०० रुपैयाँले बढेको हो।
नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार यसदिन ७०० रुपैयाँले बढेर प्रतितोला सुन २ लाख ७७ हजार २०० कायम भएको छ।
अघिल्लो दिन बिहीबार प्रतितोला सुन २ लाख ७६ हजार ५०० पुगेको थियो। सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। आज १६० रुपैयाँले बढेर प्रतितोला चाँदी ५ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।