धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ५ मा पञ्चेबाजा बजाउने तालिम सुरु भएको छ । उद्योग तथा वाणिज्य कार्यालय धादिङको आयोजनामा १५ दिने पञ्चेबाजा बजाउने तालिम सुरु भएको हो ।
धुनिवेशी नगरपालिकाको नगरप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी बालकृष्ण आचार्यले ब्यानर पढेर पञ्चेबाजा बजाउने तालिमको उद्घाटन गर्नुभएको हो ।
शनिबार देखी सुरु भएको तालिम यहि माघ १७ गते सम्म सञ्चालन हुनेछ । साने नेपाली सहितको समुहले दिने तालिममा १८ जना सहभागी रहेका छन् ।
उद्घाटन कार्यक्रममा नगरप्रमुख आचार्यले विभिन्न सिपमुलक तालिमलाई नगरपालिकाले पनि प्राथमिकताका साथ जोड दिएको बताउँदै पञ्चेबाजा बजाउने तालिममा सहभागीहरुलाई यसको भरपुर सदुपयोग गर्न पनि आग्रह गर्नुभएको छ ।
यस्तै उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख तथा कार्यक्रमका अध्यक्ष चुडामणी पुरीले जिल्लाका विभिन्न स्थानमा कार्यालयले हस्तकला तथा सीपमुलक सम्बन्धी तालिमहरु प्रदान गर्दै आईरहेको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा धुनिवेशी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विशाल भट्टराईको विशेष आतित्थ्यता रहेको थियो ।