आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सुनसरी दुर्घटनाः प्रति परिवार ११ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णयविरुद्ध महासङ्घको आपत्ति

सुनसरी दुर्घटनाः प्रति परिवार ११ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णयविरुद्ध महासङ्घको आपत्ति

नागरिक पाटी

४, माघ २०८२
  • 2.3K
    SHARES
  • सुनसरी दुर्घटनाः प्रति परिवार ११ लाख रुपैयाँ क्षतिपूर्ति दिने   निर्णयविरुद्ध महासङ्घको आपत्ति

    सुनसरीको बर्जु गाउँपालिका–१ मा भएको ट्रक दुर्घटनापछि मृतक परिवारलाई प्रति व्यक्ति ११ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने प्रशासनिक निर्णयप्रति नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले कडा आपत्ति जनाएको छ । महासङ्घले उक्त निर्णय प्रचलित सवारी तथा यातायात व्यवस्था ऐनको स्पष्ट उल्लङ्घन भएको दाबी गर्दै यसले समग्र यातायात व्यवसाय नै सङ्कटमा पार्ने चेतावनी दिएको छ । गत माघ २ गते बिहान करिब ५ः३० बजे विराटनगरबाट राजविराजतर्फ मार्बल बोकेर जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई सडकछेउमा रहेका व्यक्तिहरूमाथि पल्टिँदा पाँच जनाको मृत्यु भएको थियो भने केही घाइते भएका थिए।दुर्घटनामा चन्द्रबहादुर गुरुङ, निशम कुमार गुरुङ, धिरेन्द्र गुरुङ, टंकबहादुर गुरुङ र ब्रह्मदेव गुरुङको ज्यान गएको थियो । घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीको पहलमा बसेको बैठकले प्रति मृतक ११ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको थियो। सो निर्णयअनुसार रोयल मार्बल प्रालिले ४ लाख ५० हजार रुपैयाँ व्यहोर्ने र बाँकी रकम विभिन्न चरणमा भुक्तानी गर्ने सहमति गरिएको छ ।

    images

    यसअघि सवारी तथा यातायात व्यवस्था ऐनअनुसार मृतक परिवारलाई किरिया खर्च बापत ५० हजार रुपैयाँ बुझाइसकिएको छ । तर महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले प्रशासनिक सहमतिका नाममा कानुनले तोकेको सीमाभन्दा बाहिर गएर व्यवसायीमाथि अतिरिक्त आर्थिक भार थोपर्ने काम गरिएको आरोप लगाएका छन् ।उनका अनुसार सवारी तथा यातायात व्यवस्था ऐनले मृतकका नजिकका हकदारलाई अधिकतम ५ लाख रुपैयाँ क्षतिपूर्ति र ५० हजार रुपैयाँ क्रिया खर्चको व्यवस्था गरेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :माघ ४, २०८२ आइतवार - १३:१७:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology