आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

जनकपुरधामलाई स्वच्छ, सुरक्षित र व्यवस्थित सहर बनाउने उद्देश्य, गृहमन्त्रालयको पहल सुरु

जनकपुरधामलाई स्वच्छ, सुरक्षित र व्यवस्थित सहर बनाउने उद्देश्य, गृहमन्त्रालयको पहल सुरु

नागरिक पाटी

४, माघ २०८२
  • 1.9K
    SHARES
  • जनकपुरधामलाई स्वच्छ, सुरक्षित र व्यवस्थित सहर  बनाउने उद्देश्य, गृहमन्त्रालयको पहल सुरु

    मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोको अध्यक्षतामा आज बसेको बैठकले जनकपुरधामलाई स्वच्छ, सुरक्षित र व्यस्थित सहर बनाउने उद्देश्यका साथ पहल सुरु गरेको छ। जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साह, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुको संयुक्त उपस्थितिमा बैठक बसि विशेष छलफल गरिएको हो ।

    images

    बैठकमा जनकपुरधामको सरसफाइ, ट्राफिक व्यवस्थापन तथा धार्मिक स्थल र प्रदेश भवनको सुरक्षा सुदृढीकरणका सम्बन्धमा महत्वपूर्ण निर्णयहरू गरिएको छ।बैठकले सबै निकायसँग समन्वय गरी वृहत सरसफाइ अभियान सञ्चालन गर्ने, जानकी मन्दिरको फोहोर व्यवस्थापनका लागि जानकी महन्थसहित गुठी व्यवस्थापनका पदाधिकारीहरूसँग छलफल गरी निकास निकाल्ने तथा फोहोर व्यवस्थापनका लागि डम्पिङ साइट निर्धारण र व्यवस्थापन गर्न जनकपुर उप–महानगरपालिकालाई अनुरोध गर्ने निर्णय गरेको गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकर प्रसाद पालले जानकारी दिए।

    बैठकमा जनकपुरधामको ट्राफिक व्यवस्थापनतर्फ पार्किङका लागि निधित स्थान तोक्ने, भिडभाड बढी हुने क्षेत्रमा नो पार्किङ जोन निर्धारण गर्ने र ट्राफिक प्रहरीलाई सहयोग गर्ने सहमति भएको छ।

    साथै, ई–रिक्सा व्यवस्थापन, रामानन्द चोकदेखि जनक चोकसम्म वन–वे प्रणाली लागू गर्ने तथा मुख्य बजार क्षेत्र र पेठिया बजारमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सवारी साधन प्रवेशमा रोक लगाउने विषयमा जिल्ला प्रशासन कार्यालय, धनुषासँग समन्वय गर्न अनुरोध गर्ने निर्णय गरिएको प्रवक्ता पालले जानकारी दिएको छ ।

    त्यस्तै सुरक्षा व्यवस्थापन अन्तर्गत मुख्य मठ मन्दिर तथा संवेदनशील स्थानमा सीसीटिभी जडान तथा मर्मत कार्य गृह, सञ्चार तथा कानुन मन्त्रालयमार्फत व्यवस्था मिलाउने, रंगरोगन, सरसफाइ र सौन्दर्याकरणका लागि आवश्यक बजेट प्रस्ताव गर्ने समेत निर्णय भएको प्रवक्ता पालले जानकारी दिए।

    त्यसैगरी, प्रदेश भवनभित्रको सुरक्षा व्यवस्थापनका लागि प्रदेश सुरक्षा समिति द्वारा गठित मधेश भवन सुरक्षा अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिएको छ।

    images
    images
    images
    प्रकाशित मिति :माघ ४, २०८२ आइतवार - १४:५४:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology