श्रम संस्कृति पार्टीले धादिङमा उम्मेदवार सार्वजनिक गर्दै चुनावी प्रतिस्पर्धामा औपचारिक प्रवेश गरेको छ। आइतबार धादिङबेसीमा आयोजित पत्रकार सम्मेलनमार्फत धादिङ क्षेत्र नं. १ बाट प्रलाद सिलवाल र क्षेत्र नं. २ बाट टासी लामा तामाङलाई उम्मेदवार घोषणा गरेको हो।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पार्टीले जिल्लामा संगठन विस्तार र जनसम्पर्क अभियानलाई तीव्र बनाएको जनाएको छ। श्रम संस्कृति पार्टीले आफूलाई जनमुखी र श्रममा आधारित राजनीतिक संस्कृतिको प्रवर्तकका रूपमा प्रस्तुत गर्दै मतदाताको विश्वास जित्ने प्रयास गरिरहेको छ।