आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते गरिने

उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते गरिने

नागरिक पाटी

६, माघ २०८२
  • 2.2K
    SHARES
  • उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते गरिने

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दर्ता उम्मेदवारहरूको अन्तिम नामावली माघ ९ गते प्रकाशन गर्ने भएको छ ।

    images

    निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको भन्दै अन्तिम नामावली माघ ९ गते प्रकाशन गर्ने जानकारी दिए ।

    उनका अनुसार मंगलबार साँझ ६ बजेसम्म महिला ३०३ र पुरुष २३ सय ५२ जनाको उम्मेदवारी परेको छ । आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारहरूको सुची साँझ ५ बजेदेखि ७ बजेसम्म सम्बन्धित निर्वाचन कार्यालयमा प्रकाशित हुनेछ ।

    त्यस्तै आयोगले माघ ७ गते १० बजेदेखि १ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी लिने तथा सोही दिन ३ बजेदेखि ८ गते बेलुका ५ बजेसम्म उजुरीमाथि जाँचबुझ गरेर ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारहरूको नामावली प्रकाशन गर्नेछ ।

    त्यस्तै माघ ९ गते १० बजेदेखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् भने सोही दिन ३ बजेसम्म अन्तिम नामावली प्रकाशित गरी चार बजेदेखि ७ बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगले जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :माघ ६, २०८२ मंगलवार - २०:१८:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology