आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

रेशम चौधरीको उम्मेदवारी रद्द

रेशम चौधरीको उम्मेदवारी रद्द

नागरिक पाटी

८, माघ २०८२
  • 2.8K
    SHARES
  • रेशम चौधरीको उम्मेदवारी रद्द

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द भएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराउनुभएका चौधरीविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दै निर्वाचन आयोगले चौधरीको उम्मेदवारी खारेज गरेको हो ।

    images

    पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेकोमा तीन वटा उजुरी नै खारेज भएका छन् । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीबाट उम्मेदवार रहेकी जानुका पाठकविरुद्ध परेका दुवै उजुरी खारेज भएपछि उहाँहरूको उम्मेदवारी कायम भएको छ ।

    पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उम्मेदवारीविरुद्ध परेको उजुरी पनि खारेज भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता लालविक्रम थापाको उम्मेदवारीविरुद्ध परेको उजुरी छलफलमै रहेको आयोगले जनाएको छ ।

    आयोगले आज बेलुका ७ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ । भोलि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । भोलि दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि बेलुका ७ बजेसम्ममा उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :माघ ८, २०८२ बिहिवार - १८:३३:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology