आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न आग्रह

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न आग्रह

नागरिक पाटी

९, माघ २०८२
  • 1.9K
    SHARES
  • निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न आग्रह

    राष्ट्रिय बालअधिकार परिषद्ले निर्वाचनका समयमा बालबालिकाको प्रयोग गर्नरगराउन नहुने वातावरण सुनिश्चित गर्न अनुरोध गरेको छ । परिषद्ले बिहीबार विज्ञप्ति जारी गरी आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको अवधिभर निर्वाचन हुने दिन अगाडि, निर्वाचनको दिन र निर्वाचन भए पछाडिको निर्वाचनसम्बन्धी कार्यक्रममा बालबालिकाको प्रयोग गर्न गराउन नहुने वातावरण सुनिश्चित गर्न अनुरोध गरेको हो ।

    images

    बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, सम्वर्द्धन, सम्मान र परिपूर्ति सुनिश्चित गर्न गराउन निर्वाचनको प्रचारप्रसार, जुलुस तथा विजयोत्सवलगायत कार्यमा सबै राजनीतिक दल, दलका भ्रातृ संगठन र उमेदवारहरूले बालबालिकाको प्रयोग गर्नरगराउन नहुने वातावरण सुनिश्चित गर्नुपर्नेमा परिषद्को जोड छ ।

    images
    images
    images
    प्रकाशित मिति :माघ ९, २०८२ शुक्रवार - ०७:३३:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology