प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा आशिका तामाङको उम्मेदवारी कायमै रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएकी तामाङको उम्मेदवारी कायम रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
शुक्रबार तामाङ कार्यालयमा उपस्थित भएर उम्मेदवारीबारे उठेका प्रश्नहरूबारे प्रस्ट पारेसँगै उनको उम्मेदवारी कायम रहेको निर्वाचन अधिकृत एकराज अधिकारीले जानकारी दिए ।