आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएकामध्ये ७२ जनाले आफ्नो उमेदवारी फिर्ता लिएका छन् ।
आयोगले शुक्रबारका लागि उमेदवारी फिर्ता लिने समय तोकेको थियो । उक्त समयमा उक्त संख्यामा उमेदवारी फिर्ता भएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।